दक्षिण कोरियाका अपदस्त राष्ट्रपति युन सुक–योलको पक्ष र विपक्षमा प्रदर्शन जारी छ।
लामो संघर्षपछि निलम्बित राष्ट्रपति योललाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएपछि पक्ष र विपक्षमा सडकमा मानिसहरुले प्रदर्शन गरिरहेका छन्।
चिसो मौसमको बावजुद, स्थानीयहरूको ठूलो भीडले देशको दक्षिणपूर्वको सहर डेगुमा प्रदर्शन गरेको छ। उनीहरुले संवैधानिक अदालतले युनको महाभियोग मुद्दा पारित गर्न माग गरेका छन्।
युनमाथि शक्तिको दुरुपायोग गरेको र मार्सल कानुन लागु गर्न खोजेको भन्दै महाअभियोग प्रस्ताव संसदमा पुगेपछि निलम्बित छन्। तर संसदको महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्ने भएकाले महाअभियोग पारित हुनुपर्छ माग बढेको हो।
सरकारी अधिकारीहरू र युनको महाभियोगको लागि दबाब दिनेहरू बीचको तनाव बढ्दै गएकाले गहिरो राजनीतिक संकट निम्तिदै गएको छ।
युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो रोकेको आरोप लागेको छ। पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएको छ।
सीआईओ अन्वेषकहरू र प्रहरी अधिकारीहरूको समूहले शुक्रवार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए।
अदालतले तीनपटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो। तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्न असमर्थ भएको थियो। (सीसीटीभीप्लस)