सिटामोलको अभावमा मर्नु पर्ने कोही
चोट लागे भोक लागे पनि बस्नु पर्ने रोई
हजुर...
धेरैले निक्कै चासोका साथ लिइएको ‘रेलको बाटो’ बोलको गीतका शब्द हुन्, यी। जुन गीतका गायक तथा संगीतकार हुन्, सुरज पण्डित।
हिमाली जिल्लाको वास्तविकतालाई समेटेर बनाएको यो गीतले उनलाई थप चर्चामा ल्यायो। त्यसैले धेरैले उनलाई अचेल ‘रेलको बाटो’ गाउने कलाकार भनेर पनि चिन्ने गर्छन्।
आम नागरिकको मनमा बस्न सफल यो गीतले राज्यको नेतृत्वमा तहमा रहेकाहरुलाई पनि एक पटक सोच्न बाध्य बनायो।
जुम्लामा जन्मिएका सुरजको वि.सं. २०६९ सालबाट सांगीगिक यात्रा सुरु भएको थियो। उनले अहिलेसम्म करिब दुई दर्जन गीत गायका छन्। ती मध्ये केही गीत आफैले लेखेका छन्, संगीत पनि गरेका छन्। रेलको बाटो, तम्रा मनमा, मेरी टुल्की, आत्मा, जोड्यौ नाता सिन्दुरको उनका चर्चित गीत हुन्।
गत वर्षको फागुनमा रेल बाटो गीत ल्याउँदासम्म गीत भनेको प्रेममा पर्दा वा विछोड हुँदा, मनोरञ्जन गर्दा वा दुखमा पर्दा सुन्ने हो भन्ने उनको बुझाई थियो। तर, अहिले उनको बुझाईमा ठूलो परिवर्तन आएको छ। गीतले समाज रुपान्तरणको लागि ठूलो भूमिका खेल्छ भन्ने उनलाई लागेको छ। त्यसैले समाज परिवर्तनको अभियानलाई झन् सशक्त बनाउने उद्देश्यले उनले रेलको बाटोमा छुटेका हिमाली जिल्लाका समस्या समेटेर ‘रेलको बाटो’ भाग– २ गीत बजारमा ल्याउने तयारीमा जुटेका छन्।
सुरज पण्डितको जीवन र भोगाई सँगै गीत संगीतले समाज रुपान्तरणको लागि कसरी भूमिका खेलिरहेको हुन्छ भन्ने विषयमा रहेर बिएल नेपाली सेवाको लागि कमल प्रभात विकले गरेको कुराकानी प्रस्तुत छः
भिडियाे: