वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिकामा श्रम स्वीकृति लिएर गएका श्रमिक जेल परे राज्यले कानुनी लडाइँ लड्नुपर्ने व्यवस्था छ, तर अनाहकमा जेल परेका श्रमिक कानुनी ज्ञानको अभावमा मृत्युदण्डसम्मको सजाय भोग्न बाध्य छन्, उद्धारका लागि राज्यको तर्फबाट उचित पहल भएको छैन
रोजगारीका लागि खाडी र मलेसिया पुग्ने नेपाली श्रमिक अनाहकमै जेल पर्ने गरेका छन्। निर्दोष हुँदाहुँदै पनि कानुनी लडाइँको ज्ञान नहुँदा र राज्यले समेत बेवास्ता गर्दा उनीहरू फस्ने गरेका छन्।