नक्कली लालपूर्जाकै भरमा बैंकको ऋण प्रकरणमा योगेश्वर अनुभूति : म आफैँ फिल्मको हिरो जस्तै लाग्यो!

पहिलोपोष्ट

सविन ढकाल

बाराको विश्रामपुरमा गायक योगेश्वर अमात्यको २५ बिघाको एउटै प्लट जग्गा थियो। कित्ता नम्बर १०६९। जसमध्ये १३ बिघा जग्गा केही समय अगाडि नै बेचेका थिए। बाँकी थियो १२ बिघा जग्गा।

कलैया नजिकै मुल सडकमा छोएको जग्गा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि धेरैको आँखी बनिरहेको थियो। अमात्यको जग्गा किन्न मानिसहरू उनको पछि लागिरहेका थिए। त्यही जग्गा बिक्री गर्न भन्दै अमात्य र उनका परिवारमा दैनिक जसो कल आइरहेका थिए। तर, अमात्य भने जग्गा बेच्न चाहँदैन थिए।

'सबै कुरा पैसा मात्र होइन। हरियाली पनि चाहिन्छ। मैले बाँकी जग्गा बेचेँ भने गाउँलेले भुमेश्वर अमात्यको छोराले जग्गा बेच्यो भन्छन् भन्ने लागेर पनि त्यो जग्गा बेचिएन,' गायक योगेश्वर अमात्यले भने।

काठमाडौंमै बस्ने गायक अमात्यको जग्गा एकाएक अर्कैको नाममा भएको खबर सुने। त्यो खबर उनलाई उक्त जग्गाको रेखदेखका लागि राखेका अशोक पाण्डेले करिब तीन महिना अगाडि सुनाएका थिए। उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर ३८ लाख रुपैयाँ भ्यालुएसन गराएर न्युरोडको कुमारी बैंकबाट १९ करोड रुपैयाँ झिकिसकिएको रहेछ।

प्रकाशित मिति: : 2021-12-20 12:01:00

प्रतिकृया दिनुहोस्