लाइसेन्स लिएर मान्छे बोक्नेहरू!

सेतोपाटी

विनोदबाबु रिजाल

पूर्वी नेपालको एक परिचित धार्मिक पर्यटकीय क्षेत्र हो पाथीभरा। नेपालकै दोस्रो र विश्वकै तेस्रो अग्लो हिमश्रृंखला कञ्चनजंघाको काखमा रहेको सुन्दर पाथीभरा क्षेत्रको चुचुरोमा पाथीभरा मन्दिर छ। मनले चिताएको पूरा गरिदिने विश्वास गरिने यो मन्दिर पुग्न सजिलो छैन।  

समुद्री सतहबाट करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको मन्दिर पुग्न पहिले झापा पुग्नुपर्छ। 

चारआलीबाट मेची राजमार्ग समातेर जीप चढी इलाम, पाँचथर हुँदै ताप्लेजुङको फुङलिङ पुग्नुपर्छ। 

उच्च पहाडी राजमार्ग साँघुरो र घुमाउरो छ। चारआलीबाट २७० किलोमिटर दूरीलाई जीपले छिटोमा पनि ८ घण्टा लगाउँछ। फुङलिङबाट अझै पहाडतिर लागेपछि ९ किलोमिटरमा सुकेटार विमानस्थल आउँछ। त्यहाँसम्म पिच बाटो नै छ। तर, विमानस्थल कटेपछि कच्ची बाटो आउँछ। त्यसपछि १३ किलोमिटर अप्ठ्यारो कच्ची सडक पार गरेपछि आउने काफ्लेपाटी नै गाडी पुग्ने अन्तिम बिन्दु हो। 

प्रकाशित मिति: : 2021-12-18 12:10:00

प्रतिकृया दिनुहोस्