विज्ञापनमा भर्चुअल देहव्यापार !

लोकान्तर

दुर्गा भण्डारी

आजभोलिका विज्ञापनमा महिलाको बढी नै अंग प्रदर्शन गरिएको देख्न पाइन्छ । नग्नताको प्रदर्शन नगरी कुनै वस्तुको बिक्री नै हुँदैन भने जसरी सामाजिक सञ्जाल र आमसञ्चारमा भिडियो र फोटो देख्न पाइन्छ ।

अहिलेको प्रविधियुक्त समाजमा सबै कुरा भर्चुअल माध्यमबाट देख्न पाइन्छ । टेलिभिजन इन्टरनेटमा आधारित टिभी र युट्ब्युब च्यानलहरूमा विज्ञापनको माध्यमबाट देहको भर्चुअल व्यापार गरिन्छ ।

विज्ञापनसँग सम्बन्धित पुरानो उखान छ, 'बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन' । त्यतिबेला पिठोलाई कमसल वस्तु र चामललाई राम्रो खाने कुराको रूपमा लिइन्थ्यो । हुन त सबै खानेकुराहरूको आ–आफ्नै ठाउँमा महत्त्व छ । त्यतिबेलाको अवधारणाअनुसार नराम्रो र कमसल चिजको प्रचार गर्‍यो भने पनि बिक्री हुन्छ, तर असल चिजको प्रचार भएन भने व्यापार बढ्न नसक्ने भनेर विज्ञापनको महत्त्वलाई दर्साइएको हो ।

विज्ञापनले उपभोक्ता र उद्योगीबीचमा पुलको कम गर्छ । उपभोक्तालाई वस्तुको बारेमा विस्तृत जानकारी दिएर उत्पादक कम्पनीको व्यापार बढाउनमा समन्वयकारी भूमिका खेल्ने काम गर्छ । त्यसकारण विज्ञापन जरुरी छ, तर कस्ता विज्ञापन भन्ने प्रश्न पनि सँगसँगै आउँछ ।       

प्रकाशित मिति: : 2021-12-17 14:38:00

प्रतिकृया दिनुहोस्