बहुपक्षीय प्रतिस्पर्धा

देउवा–सिटौला समूह पहिलो चरणमै जित निकाल्ने रणनीतिमा छ भने कोइराला, सिंह र निधि सकेसम्म निर्वाचन दोस्रो चरणमा पुर्‍याउने योजनामा छन्, सभापतिमा कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत कटाउन नसके धेरै मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने व्यवस्था छ।

देउवा–सिटौला समूहको रणनीति

देउवा–सिटौला समूहले पहिलो चरणमा ५० प्रतिशतभन्दा धेरै मत ल्याएर आफूअनकूल नतिजा निकाल्ने रणनीति बनाएको छ। संस्थापनइतर समूह विभाजित भएकाले यसको फाइदा लिने यो समूहको योजना छ। निर्वाचन दोस्रो चरण जाँदा इतर समूह एकढिक्का हुने र जटिलता बढ्न सक्ने देउवा–सिटौला समूहको बुझाइ छ।

कोइराला, सिंह र निधिको यस्तो छ योजना

छुट्टाछुट्टै समूहबाट सभापतिमा उम्मेदवारी दर्ता गरेका कोइराला, सिंह र निधि सकेसम्म चुनावी प्रतिस्पर्धा दोस्रो चरणमा प्रवेश गराउने रणनीतिमा छन् । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन रोक्न सके दोस्रो चरणमा हुने दुईपक्षीय प्रतिस्पर्धामा देउवामाथि दबाब बनाउन सकिने उनीहरूको बुझाइ छ ।

प्रकाशित मिति: : 2021-12-12 08:12:00

प्रतिकृया दिनुहोस्