पहिलोपोष्ट
राइड शेयरिङ एप पठाओले अतिरिक्त शुल्क उठाएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलमा छलफल भएको छ। मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई बोलाएर छलफल गरेका हुन्।
पठाओले 'सर्ज चार्ज' का नाममा अतिरिक्त शुल्क उठाएको भन्दै गुनासो बढेपछि नियमन लगायतका बारेमा छलफलका लागि महानिर्देशक घिमिरेलाई बोलाएको सचिव श्रेष्ठले बताए। उनका अनुसार महानिर्देशक घिमिरेले कानुन नभएको र स्थानीय तहले हेर्ने गरि अधिकारी तोकिएको जानकारी गराएका थिए।
जसका कारण पठाओले गरिरहेको ठगीमा विभाग र मन्त्रालयले नियमन र कारबाही गर्न सकेको छैन।
'पठाओले ठगी गरेको गुनासो आउन थालेको छ। हामीले विश्वव्यापी रुपमा सार्वजनिक यातायातलाई सहज बनाउने राइड शेयरिङ सहज रुपमा चल्न दिएका हौं। तर अहिले त्यही कम्पनीले यात्रु ठग्न थालेका छन्,' सचिव श्रेष्ठले भने, 'यसलाई हामीले गम्भीर रुपमा लिएका छौं।'
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया