गुट जताततै काँग्रेस कतै न कतै

बाह्रखरी

काठमाडौँ

मंसिर महिनाको कठ्याङ्ग्रिने जाडोमा हिमाल, पहाड, तराई जताततै अत्यधिक चिसो महसुस भइरहेको छ। दिनप्रतिदिन जनजीवन कष्टकर बन्दै गइरहेको छ तर नेपाली कांगे्रसको महाधिवेशनलाई भने जाडोले छोएको छैन। यस अधिवेशनमा एउटा फरक दृश्य देखिएको छ।

सबैजसा नेता, कार्यकर्ता राजनीतिमा आफ्नो बर्चस्व स्थापित गर्न आफैँ नाङ्गिन र सहकर्मी तथा सहयात्रीलाई पनि मौका पाएसम्म नङ्ग्याउन तयार देखिन्छन्। यसको प्रमुख कारण भने एउटै देखिन्छ – त्यो हो दलभित्र व्यक्तिगत हैकम तथा पारिवारिक विरासत स्थापित गर्नु।

आश्चर्य, नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत वडादेखि केन्द्रसम्म सम्पन्न गरिने आठमध्ये सातौं तहको निर्वाचन सकिँदासम्म पार्टीको नाम कहीँ कतै आएन। पार्टीको नाम त उमेदवारका पर्चा र पम्प्लेटहरूमा मात्र देखिन्थ्यो ! प्राप्त जानकारीलाई आधार मान्ने हो भने केन्द्रीय महाधिवेशनमा पनि अग्र भागमा दल हुनेछैन गुट नै हुनेछ। केन्द्रमा पनि सिधै निर्वाचनको कार्यक्रम अघि बढाइने कांग्रेसको आधिकारिक तहबाट पटक पटक सम्प्रेषण जो भइसकेको छ।

प्रकाशित मिति: : 2021-12-08 10:30:00

प्रतिकृया दिनुहोस्