सडक विभाग घेराउ गर्न आएका दोलखाली काठमाडौंमा समातिए

शनि शाक्य

काठमाडाैं

मुडे–चरिकोट सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारमाथि कारवाही र सडकको काम तत्काल गर्न दबाब दिन सडक विभाग घेराउ गर्न आएका अभियान्तालाई प्रहरील पक्राउ गरको छ।

दबाब दिने उद्देश्यले सडक विभागमा धर्नामा बसेका अभियान्तालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पत्रकार भवानी कार्की, दोलखाका एमाले नेता ध्रुव आचार्य, कांग्रेसका कुशल खड्का, माओवादी केन्द्रका मिनकुमार शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई विभागले कालोसूचीमा राखेर ठेक्का सम्झौत तोड्ने बताएको छ। तथापि सडकको दूरावस्थाको विरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित सङ्घर्ष समितिले तत्काल कालेपात्रेको काम गर्न माग गर्दै आएको छ।

खाडीचौर–मुडे हुँदै चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम अलग अलग ठेकेदारले पाएका थिए। मुरे–चरिकोटको काम शङ्कर माली निर्माण सेवाले गरिरहेको तर ठेकेदार मिटरब्याजको फन्दामा परेपछि काम अलपत्र छ।

शङ्करमाली–सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा सडक विस्तारको ठेक्का पाएको थियो। वि.सं २०७४ भित्र सम्पन्न हुनुपर्ने काम चार वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई दैनिक रु.चार लाखका दरले हर्जनासमेत तिराएको छ। ठेकेदार समस्यामा परेपछि सडकको काम अलपत्र भएको हो।

सडक विस्तारको काम सकिए पनि कालोपत्र नहुँदा दोलखा यात्रा गर्न निकै कठिनाइ भएको छ। उक्त सडक निर्माणका लागि पहल गर्न दोलखाका पत्रकारले पटक–पटक आन्दोलन गरिरहेका छन्।

 

 

 

प्रकाशित मिति: : 2021-12-07 12:53:00

प्रतिकृया दिनुहोस्