सोमबार, १५ डिसेम्बर २०२५

फेवातालको आँगनमा लै–लै माछापुच्छ्रेकाे छायाँ

News Image
• • •

माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ 
पोखरा त साँच्चिकैको पोखरा नै रैछ

एक जमानामा  एकदमै चर्चित गीत हो यो। पोखरा र पोखरासँग जोडिने फेवाताल र माछापुच्छ्रेको सहि उपमा पनि थियो यो गीत।

साँच्चिकै पोखरा त पोखरा नै हो भन्ने महसुस तब हुन्छ, जब तपाईं पोखरा पुगेर यो दृश्य देख्न पाउनुहुन्छ।

चट्ट मौसम खुलेर माछापुच्छ्रे फेवातालमा प्रतिबिम्बित हुँदा कसको पो मन नछोइएला। कसको पो हृदयको तार झन्कित नहोला ?

लामो समयसम्म डम्म तुवाँलोले ढाकिएको मौसम यसरी खुलेको छ कि माछापुच्छ्रे फेवातालमा पौडी खेल्दै छ। बिएल नेपाली सेवाले प्रकृतिले चलाएको कुची माछापुच्छ्रे फेवातालमा पौडिएको यसरी कैद गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!