शेरबहादुरजी आत्तिनुभयो, म छोड्दिनँ : शेखर कोइराला

रातोपाटी

डा. शेखर कोइराला

नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशन सकिएको केही समयपछि नै १४ औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी दाबी गर्ने पहिलो व्यक्ति हुन् डा. शेखर कोइराला । सुरुदेखि नै उनी जिल्ला दौडाहामा निक्लिए । केन्द्रीय सदस्य मात्रै रहेका डा. कोइरालाले सभापतिमा दाबी गर्ने बेला भएको छैन भन्दै संस्थापन पक्षका नेताहरूले टिप्पणी गरिरहेका बेला अहिले राप्रपामा राजेन्द्र लिङ्देनले कमल थापालाई हराएपछि काँग्रेसमा पनि यसको बाछिटा पर्न थालेको छ ।

सोमबार सम्पादकहरूसँगको छलफलमा उपस्थित डा. कोइरालाको दायाँबायाँ उपस्थित युवाहरूको टिमले नेपाली काँग्रेसभित्रको युवापुस्ता र डा. शेखर एक ठाउँमा डोलायमान हुन थालेको सङ्केत गरेको छ ।  सोमबारको भेलामा काँग्रेसका युवा नेता गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, धनराज गुरुङ, दीपक गिरी र सरिता प्रसाई लगायतको सहभागिता देखिएको थियो । उनीहरू सबैले काँग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताएका थिए ।

डा. शेखर संस्थापन इतर पक्षबाट सभापतिका दाबेदार हुन् । रामचन्द्र पौडेल पक्षधर भनिएको यो समूहबाट अहिलेसम्म डा. शेखरसहित रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा. शशांक कोइरालासमेत चार जनाले सभापतिमा दाबी गरिरहेका छन् । अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने कसरत भइरहेको छ । यसका लागि सोमबार साँझ पनि चार नेताबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: : 2021-12-07 12:08:00

प्रतिकृया दिनुहोस्