यस्तो छ कांग्रेसको १४औँ महाधिवेशनको तयारी

नयाँ पत्रिका दैनिक

केशवप्रसाद पाण्डे/टेकराज थामी

मुलुकको जेठो पार्टी कांग्रेसको १४औँ महाधिवेशन संघारमा छ। २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशनको तयारी भने अपेक्षाकृत चुस्त देखिएको छैन। 

अधिकांश नेताहरू प्रदेश अधिवेशनमा रहेकाले महाधिवेशनको तयारीमा केही सुस्तता देखिएको कांग्रेस नेताहरूले नै बताएका छन्। सातमध्ये ६ वटा प्रदेश अधिवेशन सम्पन्न भएको तथा प्रदेश २ को अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएकाले अब सबैको ध्यान महाधिवेशनमा केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। 

६ वर्षपछि हुन लागेको यसपटकको महाधिवेशनलाई कांग्रेसले शक्ति प्रदर्शनको रूपमा प्रयोग नगर्ने बताइसकेको छ। बाह्य जिल्लाबाट कार्यकर्ता जम्मा गर्न र तिनलाई व्यवस्थापन गर्न समय खर्चिनुनपर्ने भएकाले अबको सम्पूर्ण ध्यान महाधिवेशनका बाँकी तयारीमै लगाइएको शर्माको भनाइ छ। 

प्रकाशित मिति: : 2021-12-07 08:56:00

प्रतिकृया दिनुहोस्