प्रमिला घिसिङ
हातमा नाम्लो बोकेर काठमाडौंको सबैभन्दा व्यस्त शहर न्यूरोड जानु काभ्रे, कोशीपारिका ५६ वर्षीय नीलकण्ठ गौतमको दैनिकी हो।
बिहान झिसमिसे उज्यालोमा उठेर चुलोचौको गरी ७ बजे न्यूरोड पुग्न थालेको करिब दुई दशक भइसक्यो। नीलकण्ठका ६ जना छोरीछोरी छन्। उनी र श्रीमतीसहित आठ जनाको परिवार छ। परिवार गाउँमै छन्, उनले भने काठमाडौंको असनमै डेरा लिएर बस्छन्, एक्लै।
२० वर्षदेखि उनले थाप्लोमा भारी बोकेरै आठ जनाको परिवार धान्दै आएका छन्। तालुमा नाम्लोको डाम परैबाट देखिन्छ। नाम्लोले थिच्दा–थिच्दा थाप्लोका रौँ पनि फाट्टफुट्ट मात्र बाँकी छन्। न्यूरोडमा भारी बोकेर उनले ६ जना छोराछोरी पढाइरहेका छन्। बिएल नेपाली सेवासँगको भेटमा उनले भारी बोक्दाको २० वर्षे अनुभव सुनाए।
२० वर्षअघि भारी बोक्न थाल्दा उनी तन्नेरी थिए। शरीरमा तागत थियो। काम गरेर थकाइ पनि त्यति लाग्दैनथ्यो। काम पनि गर्नसकेजत्ति पाइन्थ्यो।
त्यसैले नीलकण्ठको राम्रै कमाइ थियो– सुरुका दिनमा। बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म १२ घण्टा भारी बाक्थे। दैनिक २ हजार देखि २५ सय रुपैयाँसम्म कमाउँथे तर पछिल्लो समयमा उनको आम्दानी निक्कै घटेको छ।
‘अहिले दिनमा मुस्किलले १५ सयजति कमाइ हुन्छ, त्यही कमाइबाट ६ जना छोराछोरीको पढाइदेखि घरखर्चसमेत चलाउनुपर्छ।
गाउँको खेतबारीमा केही खाद्यान्न फल्ने हुनाले जसोतसो परिवार धानिएको छ। कोरोना महामारीअघि उनलाई काम भ्याई नभ्याई हुन्थो, कमाई पनि त्यही अनुसार राम्रो थियो तर कोरोना महामारीयता उनलाई काम पाउनै मुस्किल छ। न्यूरोडमा हिजोआज मान्छेले खुट्टा टेक्ने ठाँउ हुदैन तर त्यो भिडले उनलाई सहज हैन झनै असहज बनाएको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया