नेतृत्वमा पुगेपछि हट्न किन तयार हुँदैनन् नेता ? ४७ वर्षदेखि सधैँ नेतृत्व !

कुनै पार्टीका शीर्ष नेता कम छैनन्, नेतृत्व हस्तान्तरणको कुरा गर्ने युवा नेतृत्व लिने आँट भने देखाउँदैनन्

बाह्रखरी

काठमाडौँ
File Photo
File Photo

नेपालमा राजनीतिक दलहरु लोकतन्त्रका पर्याय मानिन्छन्। विश्व इतिहास हेर्दा स्वतन्त्रता आन्दोलन  र क्रान्तिपछि परिवर्तन आएका छन् र त्यसपछि मात्र पार्टीहरुको उदय भएको छ। तर, नेपालमा भने राजनीतिक पार्टी स्थापना, त्यसपछि क्रान्ति अनि मात्र परिवर्तन भएको छ।

यसकारण पनि नेपालको स्वतन्त्रता, क्रान्ति र परिवर्तनमा जनताभन्दा अगाडि राजनीतिक दलको नाम आउँछ।

तर, त्यस्तो भूमिका खेलेका पार्टीहरुको आन्तरिक जीवन भने लोकतान्त्रिक बन्न सकेको छैन। जुनसुकै विधिबाट होस् नेतृत्वमा पुग्ने, जस्तोसुकै हतकण्डा गरेर होस् नेतृत्वमा अडिइरहने र महाधिवेशन र राष्ट्रिय निर्वाचनमा व्यक्ति हावी भएर पुनः अर्को कार्यकालका लागि बलियो बन्ने यो चरित्रले पार्टीहरुको आन्तरिक लोकतन्त्र भने ध्वस्त अवस्थामा छ। 

प्रकाशित मिति: : 2021-11-30 12:53:00

प्रतिकृया दिनुहोस्