मर्दीलाई चिनाउने अल्लारे केटाको कथा : भैंसी गोठको बदलिएको पहिचान

पहिलोपोष्ट

काठमाडौँ

नजिकै देखिने हिमाल। हरेक सिजनमा फरक फरक अनुभूति। एक स्थान तर रुप अनेक। मर्दी पदमार्गको सुन्दरता पनि मौसम अनुसार फरक। परिवर्तित मर्दीको सुन्दरताको भने आफ्नै विशेषता।

चैत वैशाखको समय लालीगुरासँले ढाकिएको जंगलका बिचबाट गरिने यात्रा। गुराँस फुल्ने जंगलैजंगल। चराचुरुङ्गीको चिरबिराहट। मर्दी हिमालको काखमात्र नभई, माछापुच्छ्रे, अन्नपूर्ण श्रृङ्खला नजिकैबाट हेर्न सकिने। जाडोमा हिउँले ढपक्कै ढाकिने पदमार्ग। जुनेली रातमा माछापुच्छ्रेमुनि मर्दीको सुन्दरता। तल देखिने झिलिमिल पोखरा। बादल माथिको मर्दी।

हरेक पटकको यात्रामा फरक अनुभूति हुने मर्दीको सुन्दरताबारे परिचित थिए सुदीप गौतम। कास्कीको माछापुच्छ्रे गाउँपालिका, ९ सिदिङ गाउँमा जन्मिएका सुदीपलाई मर्दीको सबैखाले सुन्दरताले लोभ्याइरहन्थ्यो। मर्दीको मुहारसँग बाल्यकालदेखि नै परिचित हुन् उनी।

प्रकाशित मिति: : 2021-11-27 10:54:00

प्रतिकृया दिनुहोस्