नारायणीमा मोटरबोट त हेरियो, पानीजहाज हेर्ने कहिले हो कहिले!

सेतोपाटी

राजेश घिमिरे

दाङ, लमहीका ७२ वर्षीय आमबहादुर गिरीले कम्युनिस्ट पार्टीको सदस्यता लिएको २०३५ सालमै हो। पछि उनी राजनीतिमा सक्रिय भएर लागेनन्। घरायसी कामकाजमै व्यस्त बने, सदस्यता नवीकरण पनि गरेनन्।

पहिलोपटक कम्युनिस्ट पार्टीको सदस्य बनेको ४३ वर्षपछि उनले नेकपा एमालेको सदस्यता लिए।

केही दिनअघि गाउँमा पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन जाने चर्चा चल्य‍ो। उनले पनि नाम टिपाए। बिहीबार अपराह्न लमहीबाट गाडी चढेका उनी शुक्रबार बिहान भरतपुर आइपुगे।

नारायणी नदीको किनारमा बसेर मोटरबोट हुइँकिएको हेरिरहेका गिरीले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा 'नारायणी नदीमा पानी जहाज चलाउने' भनेर भाषण गरेको सम्झिए।

'चलाउनुहुन्थ्यो पनि होला, सरकार ढालिहाले,' उनले भने, 'आज यो मोटरबोट हेरियो, पानीजहाज हेर्ने त कहिले हो कहिले! पार्टीले अब फेरि सरकार चलाउन पायो भने चलाउला नि!'

प्रकाशित मिति: : 2021-11-26 18:56:00

प्रतिकृया दिनुहोस्