कस्तो बन्दैछ एमालको पदाधिकारी टीम ? यी हुन् सहमतिमा जाँदाका दुई विकल्प

लोकान्तर

काठमाडाैँ

नेकपा एमालेको नयाँ नेतृत्व निर्वाचित गर्ने राष्ट्रिय महाधिवेशन मंसिर १० गते चितवनको नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । पार्टीभित्रको विग्रह र विभाजनपछि हुन लागेको महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ । 

गत असोजमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले पार्टीको विधान संशोधन गरेर १५ जना पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटीसहितको २२५ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित गर्ने व्यवस्था गरेको छ । 

जसअनुसार अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१ उपाध्यक्ष–४, महासचिव–१, उप–महासचिव–१ र सचिवहरू–७ निर्वाचित हुनेछन् । 

एमालेका नेताहरूले दशौं राष्ट्रिय महाधिवेशनलाई एकताको महाधिवेशन हुने बताउँदै आएका छन् । सहमतिमा नेतृत्व चयन गरेर केपी ओली सर्वसम्मत रूपमा पुनः पार्टी नेतृत्वमा दोहोरिने पक्षमा छन् । 

एमालेको धेरैजसो नेताहरू समय र परिस्थितिले पुनः एकपटक केपी ओलीलाई अध्यक्षको रूपमा माग गरेको बताउँछन् ।

एमालेमा पुन ओली नै अध्यक्षमा दोहोरिने वातावरण तयार भइरहेको छ । भलै, उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, पार्टीभित्र उनको बलियो प्रभाव नभएको हुँदा निर्वाचन नै हुँदा पनि रावलले ओलीलाई टक्कर दिने अवस्था देखिँदैन । 

पहिलो राष्ट्रिय विधान महाधिवेशनबाट एमालेले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव गरी १५ सदस्यीय पदाधिकारी बनाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: : 2021-11-25 16:58:00

प्रतिकृया दिनुहोस्