बाबा रामदेवको उडान र विवाद : थोत्रो साइकलदेखि अर्बौँको मालिकसम्म

रातोपाटी

काठमाडौं

कुनै समय थोत्रो साइकलमा च्यवनप्रासको व्यापार गर्ने बाबा रामदेव अहिले अर्बौँको सम्पत्तिका मालिक छन्। पतञ्जलि कम्पनीमार्फत उनले घरका भान्छा–भान्छामा उपभोग्य वस्तु पठाइरहेका छन्। यतिमात्र होइन, उनले भर्खरै नेपालमा दुई टेलिभिजन ‘आस्था’ र ‘पतञ्जलि नेपाल’ खोलेका छन्। दर्ता नै नगरी दुई टेलिभिजनको उद्घाटन गरेको भन्दै उनी विवादमा तानिएका छन्। यद्यपि, रामदेव विवादमा मुछिएको यो पहिलोपटक भने होइन ।

आचार्य बालकृष्णसँगको भेट

बाबा रामदेवकोे जन्म भारतको हरियाणा राज्यको महेन्द्रगढ जिल्लास्थित सैद अलीपुर गाउँमा भएको थियो। रामदेव सानै छँदा उनको गाउँमा एक योगी आएका थिए, जसको सानिध्यपछि उनी आध्यात्म र योगमा आकर्षित भए।

उनको रुझान वैदिक शिक्षातर्फ बढ्न थाल्यो। यसपछि गुरुकुलमा शिक्षा ग्रहण गर्न उनी घरबाट भागे। तर, कुनै पनि गुरुकुलमा रामदेवलाई प्रवेश मिलेन र, उनी हरियाणाको खानपुर गुरुकुलमा पुगे। त्यहाँ गुरुकुल शिक्षा पद्धतिबाटै उनले शिक्षा ग्रहण गरे। 

प्रकाशित मिति: : 2021-11-22 15:15:00

प्रतिकृया दिनुहोस्