ढाड सेक्ने महँगी

File Photo
File Photo

खानेतेल लिटरमा ६०, चामल बोरामा ७५ र दाल किलोमा ३५ रुपैयाँसम्म महँगियो

दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्ममा नागरिकको ढाड सेक्ने गरी मूल्यवृद्धि भएको छ। तरकारी, फलफूल, खाद्यान्न, सार्वजनिक यातायात, हवाई भाडा, पेट्रोलियम पदार्थलगायतमा छोइनसक्नु महँगी छ। 

पछिल्लो तीन महिनामा तरकारीको भाउ झन्डै पाँच सय प्रतिशतसम्म बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य तीन महिनामा प्रतिसिलिन्डर एक सय २५ रुपैयाँ बढाइएको छ । त्यस्तै, आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पनि डेढ वर्षयता निरन्तर बढाइरहेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र बजारलाई नै असर गरेको छ।

गत साउनबाट लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडादर २८ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई कारण देखाउँदै वायुसेवा सञ्चालक संघले कात्तिकमा मात्रै दुईपटक गरेर साबिकको भन्दा ६ सय ६० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ।

 

 

प्रकाशित मिति: : 2021-11-21 12:41:00

प्रतिकृया दिनुहोस्