अमेरिकी सपनाले नेपालमा शरणार्थीको लर्को

रातोपाटी

राजेश भण्डारी

कपनस्थित रोहिङ्ग्या क्याम्पमा अहिले ४ सय १९ जना रोहिङ्ग्या शरणार्थी बस्छन् । जबकि तिब्बत र भुटानबाट पहिल्यै आइसकेका बाहेकलाई नेपाल सरकारले शरणार्थीका रूपमा चिन्दैन । तिब्बती र भुटानी शरणार्थीहरू नेपालमा करिब १२ हजार छन् । तीबाहेक नयाँ शरणार्थी स्वीकार्ने कानुनी व्यवस्था छैन । तर अहिले म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या र तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट नेपालमा शरण लिन आउनेको संख्या थपिँदै गएको छ ।

नेपालसँग शरणार्थीसम्बन्धी छुट्टै कानुनी व्यवस्था छैन । तर,काठमाडौंलगायतका ठाउँमा अवैध शरणार्थीको संख्या थपिँदै छ । खुला सिमानाको फाइदा उठाएर म्यानमार,अफगानिस्तानमात्र होइन,पाकिस्तान,सोमालिया,श्रीलंका,इराक र यमनबाट समेत शरणार्थीहरू काठमाडौंसम्म आइपुग्ने गरेका छन् ।

यही कार्तिक ८ मा काठमाडौंको सिनामंगलबाट केन्द्रिय अनुसन्धान ब्यूरोले ११ जना अफगानीलाई पक्राउ गरेको थियो । रुपन्देहीको सुनौली नाकामा भारतीय आधारकार्ड देखाएर छिरेका उनीहरू सिनामंगलस्थित फेसवुक होटलमा बसेका थिए । तीमध्ये ५ जनाको साथमा मेक्सिकोको भिसा थियो । भारतबाट मेक्सिकोको भिसा लिएर उनीहरू नेपाल आएका थिए ।

प्रकाशित मिति: : 2021-11-18 20:09:00

प्रतिकृया दिनुहोस्