लाइसेन्सको आवेदन दर्ता गर्न धाउनुपर्छ दुई दिन, चक्कर काट्नुपर्छ पाँचवटा कोठा

सेतोपाटी

निर्मला घिमिरे

यातायात कार्यालयको यस्तो बिजोग

नुवाकोटका राजकुमार श्रेष्ठले मोटरसाइकलको लाइसेन्स लिन अनलाइन फारम भरेका थिए। फारम भर्ने बेलामै उनलाई कात्तिक २९ गते सोमबार यातायात कार्यालयमा सम्पर्क गर्नू भनेर तोकिएको थियो।

उनी लाइसेन्स प्रक्रियाका लागि सोमबार बिहानै ठूलो भर्‍याङस्थित यातायात कार्यालय पुगे।आफूले भरेको अनलाइन फारमको फोटोकपी र नागरिकता प्रमाणपत्रको फोटोकपी बुझाएपछि सोधपुछ कक्षबाट टोकन प्राप्त भयो। त्यो टोकन लिन उनले केही बेर धकेलाधकेलको सामना त गर्नुपरेकै थियो।

जसै टोकन हात पर्‍यो, उनी बायोमेट्रिक परीक्षण गर्न कोठा नम्बर १ मा गए। त्यहाँ उनीभन्दा अगाडि झन्डै दुई सय जनाको लाम थियो। बायोमेट्रिक परीक्षण गर्ने कर्मचारी भने जम्मा दुई जना थिए।

ती दुई जनाले दिनकै करिब पाँच सय सेवाग्राहीको फोटो खिच्दै, दुवै हातका बूढी औंलाको ल्याप्चे लिँदै र दस्तखतसमेत संकलन गर्नुपर्थ्यो।त्यसमाथि यातायात कार्यालयको कम्प्युटर सर्भर हरेक आधा घन्टामा एकचोटि ह्यांग हुन्थ्यो।

राजकुमार टोकन हातमा लिएर कुरेका कुर्‍यै थिए, उनको पालो आउने नामनिसान थिएन। लगभग तीन घन्टाको प्रतीक्षापछि उनको पालो आयो। उनले बायोमेट्रिक कक्षमा फोटो खिचाए, विद्युतीय ल्याप्चे लगाए र दस्तखत गरे।

त्यहाँबाट कोठा नम्बर २ मा स्वास्थ्य परीक्षण निम्ति लाम बस्ने पालो आयो। त्यहाँ पनि भीड उस्तै थियो।

प्रकाशित मिति: : 2021-11-18 10:42:00

प्रतिकृया दिनुहोस्