घरैघर घरैघर घरैघर!

सेतोपाटी

काठमाडौँ

घरैघर घरैघर घरैघर!

एउटा समय थियो, काठमाडौंमा घरभन्दा बढी मन्दिरहरू हुन्थे। अहिले मन्दिरधरि छेकिने गरी बनेका छन्, घरैघर घरैघर घरैघर!

कलाकार सुजन डंगोलको 'टेल्स अफ सिटी' अर्थात् 'सहरको कथा' शीर्षकको चित्र प्रदर्शनीमा पनि हामी घरहरू नै बढी देख्न सक्छौं।

जहीँतहीँ घरैघरले घेरिएको सहरको कथा चित्रमार्फत् सुनाइरहेका सुजनलाई मनपर्ने छाने शैलीको परम्परागत घर हो। उनका चित्रमा त्यही किसिमका घर प्रतिबिम्बित छन्।

पुर्ख्यौली घर साँखु भएका सुजन जन्मे–हुर्केको महाबौद्धको घरमा हो। उनको जन्म हुँदासम्म त्यो घरमा आधुनिकता छाउन थालिसकेको थियो। परम्परागत घरमा ठाउँठाउँमा सिमेन्ट लगाइएको थियो। छाना पनि जस्ताको हालिएको थियो। पछि त्यो घर भत्काएर बुवाले आधुनिक घर बनाए।

तर सुजनले वरिपरि देखिरहेका पुराना घरहरूका स्मृति आज पनि ताजा छन्।

जति हुर्कंदै गए, उनले झनै त्यसको महत्व बुझ्न थालेका छन्।

प्रकाशित मिति: : 2021-11-17 15:12:00

प्रतिकृया दिनुहोस्