जनप्रतिनिधि आइसकेपछि घोराही उपमहानगरमा जनताको आशा, भरोशा र हामीले जाहेर गरेको प्रतिबद्धताका कुराहरु पूरा गर्ने हाम्रो मुख्य जिम्मेवारी हो।
हामीले थुप्रै काम गरेका छौँ विभिन्न क्षेत्रमा। त्यसमध्य पहिलो कुरा भनेको सेवा प्रवाहको कुरा हो। जनतालाई नै सेवा प्रभाव गर्नु नै संघीयताको मुल मर्म हो। त्यस अनुसार हामीले घोराहीका १९ वटै वडामा वडा कार्यालयको भवन निर्माण गर्यौँ र त्यहिबाट सेवा प्रभाव गर्ने काम गर्यौँ।
अर्कोतर्फ राजस्व बुझाउन नगरपालिकामा नै आउनु पथ्र्यो। टाढा रहेका वडाका नागरिकलाई नगरपालिकासम्म आएर बुझाउन कठिन भएको समयमा हामीले अनलाइनबाट नै राजस्व बुझाउने ब्यवस्था गर्यौँ। त्यसले गर्दा राजस्व बुझाउन नगरपालिका आउनु परेन। सानातिना सबै वडाबाट हुने काम वडामै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने काम भयो।
अर्को अनलाइन सिस्टमबाट नै व्यक्तिगत घटना विवरण संकलन गर्ने काम हामीले सुरु गर्यौँ। सबै वडामा अनलाइनबाट नै व्यक्तिगत घटना विवरण संकलन गर्ने काम हुन्छ। सामाजिक सुरक्षा भत्ता बैंकिङ सिस्टमबाट नै भुक्तानि गर्ने काम भएको छ। हामीले सेवा प्रभाहको कुरालाई धेरै मात्रामा सुधार गरिसकेका छौँ।
०००
विकास निर्माणको कुरा गर्ने हो भने हामीले उल्लेख्य रुपमा काम गरेका छौँ। सडकको कुरा गर्ने हो भने हामीले हिजो बाटो पुग्छ र भन्ने बिकट बस्ती वडा–१ को ठाँटीकोट, बस्तीकोट, करंकोट लगायतका ठाउँमा सडकको पुर्याएका छौँ।
चाक्लीघाट, वडा–५ को बसेरी भन्ने ठाउँमा बाटो पुर्याएका छौँ। यसले त्यस विकट क्षेत्रका नागरिकलाई डोकामा बिरामी बोकेर हिड्नु पर्ने अवस्था छैन। वर्षातको वितको कुरा अर्को कुरा हो।
त्यस्तै हामीले सबै वडा कार्यालयलाई पिच गरिएको सडकसँग जोड्नु पर्ने नीतिका साथ काम गर्यौँ र १९ वडा बाहेक यस आर्थिक वर्षमा सबै वडा पिच गरिएको बाटोसँग जोडिदै छ। ९२ किलो मिटर बढी बाटो हामीले निर्माण गरिसक्दै छौँ।
०००
अर्को हामीलाई चुनौतिको विषय के थियो भने घोराही जस्तो सुख्खा क्षेत्रमा पानी कसरी व्यवस्थापन गर्ने भन्ने थियो। तर हामीले त्यसलाई चिर्दै अहिले २६ वडा कृतिम जलाशय बनायौँ। यो जलाशय बहुआयामिक र बहुउदेश्यमुलक छ भन्दा नि हुन्छ।
यी तालमा अहिले माछा छन्। यि तालबाट अहिले सिँचाई भइरहेका छन्। यी तालहरुबाट अहिले डिपबोरिङ र कुवाहरु सिचार्ज भइरहेका छन्। हामीले यस्तो अवस्थामा ताल बनाएका छौँ कि अहिले किसानहरु उत्साहित भएर तरकारी खेती सुरु गरेका छन्। जसले गर्दा विदेश जाने युवाहरु अब आफ्नै ठाउँमा केही गर्न सकिन्छ है भनेर बसिरहेका छन्।
अर्कोतर्फ हामीले बनाएको तालहरुमा पर्यटनको पनि राम्रो सम्भावना छ। अहिले ति तालमा डुङ्गा चलिरहेका छन्। तालका वरपर केही पसल सञ्चालन भइरहेका छन्। त्यसले केही मान्छे स्वरोजगार भएका छन्। त्यसले गर्दा आर्थिक समृद्धिका लागि पनि यस तालले टेवा पुर्याएको छ।
०००
अर्को चुनौति शहरी क्षेत्रमा सरसफाई हो। सहरीकरण बढ्दै जाँदा फोहोर अत्यधिक जम्मा हुने र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा विश्वब्यापि रुपमा नै चुनौतिको रुपमा रहेको छ।
त्यसैले हामीले फोहोर व्यवस्थापनका साथै फोहोरबाट ग्याँस उत्पादन गरेर प्रयोग गर्ने योजनामा छौँ। अहिले गल्ने फोहोरलाई संकलन गरेर ग्याँस उत्पादन गरी पाइपबाट घरघरमा ग्याँस पुर्याउने योजनामा छौँ। सबै तयार भइसकेको अब प्लान्टमा फोहोर जम्मा गर्ने काम भइरहेको छ। केही समयपछि नागरिकको घरघरमा पाइपबाट ग्याँस पुग्छ।
अर्कोतर्फ हामीले नगल्ने फोहोरलाई हामीले खरिद गर्न थालेका छौँ। ठूलो प्लाष्टिकदेखि साना पुकार तथा चकलेटका प्याकटहरु पनि खरिद गर्न सुरु गरेका छौँ। बोटलहरु, कपडाहरु पनि हामीले खरिद गरेर विक्रि गर्ने योजना बनाएका छौँ। हामीले नागरिकलाई के भनेका छौँ भने तपाइले केही नफाल्नुस हामी किन्छौँ।
प्रस्तुत छ, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीसँग बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले गरेको भिडियो कुराकानीः