नयाँ निर्वाचन क्षेत्रको खोजीमा गृहमन्त्री !

लोकान्तर

प्रकाश आचार्य

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा आफूपछिको दोस्रो वरीयतामा राखेर गृहमन्त्री बनाएपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको ‘राजनीतिक कद’ थप उचो भयो ।

खाँण हरेक अप्ठ्यारोमा देउवालाई साथ दिँदै उनकै सेरोफेरोमा रहने विश्वासपात्र हुन् । पार्टीमा दह्रो पकड राख्न र सरकारको सिँढीमा उक्लिन उनी सिपालु मानिन्छन् ।

सरकारको दोस्रो वरीयातामा पुगेका गृहमन्त्री खाँण गृहजिल्लामा भने आफू सुरक्षित हुने निर्वाचन क्षेत्रको खोजीमा छन् । अहिले खाँणको काठमाडौं–रूपन्देही ओहोरदोहोर तीव्र छ ।

आफ्नै क्षेत्र रूपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रमा असुरक्षित महसूस गरेर २०७४ सालको निर्वाचनमा खाँण समानुपातिकमा खुम्चिएका थिए ।

 

प्रकाशित मिति: : 2021-11-15 14:56:00

प्रतिकृया दिनुहोस्