कति छन् विदेशमा बस्ने नेपाली ?

रातोपाटी

काठमाडौँ

नेपालले सन् १९११ देखि जनगणना सुरू गरेको देखिन्छ।  त्यसपछि प्रत्येक दश वर्षमा जनगणना लिइन थालियो। त्यतिबेला अहिलेको जस्तो व्यवस्थित हुने कुरै भएन। पाँचौ गणनादेखि भने केही व्यवस्थित भएको देखिन्छ। सन् १९११ मा झण्डै ५६ लाख ३९ हजार जनसंख्या देखिएकोमा दश वर्ष पछाडि त्यो घटेर ५५ लाख ७४ हजार देखियो। १९३० मा झन् घटेर करिब ५५ लाख ३३ हजारमा पुग्यो। सन् १९५१ मा हुनपर्ने गणना भने १९५२ र ५४ सम्म भएको देखिन्छ। अघिल्लो गणना सन् २०११ मा भएको थियो।  

विश्वमा जनगणनाको इतिहास हेर्दा चाइनिज, इजिप्ट, ग्रीक र रोमन सभ्यताभन्दा पुरानो देखिन्छ। ४ हजार ईपूमा बेबिलोनियनहरुले आफूलाई दैनिक कति उपभोग्य सामग्री चाहिन्छ भनेर सबैको टाउको गणना गर्नुका साथै आफूसँग कति पशु, घ्यू, दूध, मह, ऊन, फलफूल छ भनेर हिसाब गरेका थिए भनिन्छ । बेबीलोनिया मेसोपोटानियाको राज्यको एक भाग थियो, जुन अहिले इराकमा पर्दछ। २५ सय  ईपूतिरदेखि इजिप्सियनहरुले पिरामिड बनाउन कति कामदारहरु चाहिएला भनेर हिसाब गर्न थालेका थिए। रोमन राजा सेरभियस तुलिउसले छैठौं शताब्दीमा आफ्नो जनता ८० हजार रहेको भनेका थिए।

सन् १७९० मा अठार महिना लगाएर अमेरिकाले पहिलो पटक जनगणना गरेको थियो। चिलीमा पहिलो पटक १८५३ मा जनगणना भएको थियो। बेलायतमा सन् १८०१ देखि  भारतमा सन् १८८१ देखि र रसियाले सन् १८९७ देखि गणना सुरू गरेको थियो। 
 

प्रकाशित मिति: : 2021-11-15 11:09:00

प्रतिकृया दिनुहोस्