‘अर्को जुनी हुन्छ भने म फेरि उसैकी आमा हुन पाऊँ’

सेतोपाटी

काठमाडौँ

‘बेला-बेला मनभित्र गाँठो पर्थ्यो नि!’ उनले भनिन्।

ओछ्यानमा पल्टिरहेका छोरालाई खुसी बनाउन एक आमा नाचिरहेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि मैले उनीबारे सोधीखोजी गरेको थिएँ। टिकटकमा अपलोड भएका उनका ती भिडिओ पछिल्लो समय फेसबुकमा पनि भाइरल छन्।

‘भिडिओमा छोरालाई हेर्दै कति मज्जाले नाच्नुभएको' भन्दा कमला भुसालले आफ्नो हाँसोभित्रको गाँठो सम्झिएकी हुन्। अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-१ की भुसालको मनभित्र गाँठो परेको अस्ति लक्ष्मीपूजाको दिन २७ पूरा भएर २८ वर्ष लाग्यो।

सन्धीखर्कमै जन्मे-हुर्केकी कमलाका बुवा इन्डियन लाहुरे थिए। उनी घरकी जेठी छोरी। सानैमा उनलाई नाच्न, गाउन खुब रूचि थियो। स्कुलका अतिरिक्त क्रियाकलापमा जहिल्यै भाग लिन्थिन्। बेला-बेला पुरस्कार जितेर घर फर्किन्थिन्। घरमा लाउन-खान पुगेकै थियो। कोही माग्न आएका मान्छे देखे उनको मन पग्लिन्थ्यो। चामल-पीठो चोरेर पनि दिन्थिन् रे!

उनकी आमालाई भने बाबु घरमा नभएका बेला नाच्न-गाउन हिँड्ने जेठी छोरी बिग्रिन्छ कि भन्ने ठूलो पीर रहेछ।

‘त्यही भएर एलएलसी पास हुनासाथ मेरो बिहे गरिदिनुभयो,’ कमलाले भनिन्।

प्रकाशित मिति: : 2021-11-15 10:47:00

प्रतिकृया दिनुहोस्