सोमबार, १५ डिसेम्बर २०२५

प्रहरीका अवकाशप्राप्त डीएसपी खिलको खेल, सेनाको ठेक्का देखाएर गरे जालझेल

पर्दाफास

पर्दाफास

काठमाडौं
News Image
• • •

महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतका वृत्तहरुको हिरासतमा आलोपाले बसिरहेका एकजना ब्यक्ति छन् । पुराना चिनजान भएकाले उनलाई हातमै हतकडी भएपनि ठाडो सलाम टक्रयाउछन् ।

छाेरा बुहारी अमेरिका र नेपालकाे शिक्षण अस्पतालमा चिकित्सक रहेका उनी समाजमा पक्राउ पर्नुअघिसम्म भद्र भलादमी भनेर कहिलिन्थे ।

तर यतिबेला उनी दर्जनौं ब्यक्तिबाट करोडौं रकम उठाएर ठगी गर्ने ठग हुन् । प्रहरीका लागि उनी ठगीका आरोपी । 

परिसर काठमाडौंमा शुक्रबार अबेरसम्ममा ६ जना पीडितहरुले यी ब्यक्तिबाट आफु ठगीएको भन्दै जाहेरी दिएका छन् । यी जाहेरीमा उल्लेख भएको रकम करिब सात करोड रुपैयाँ बराबर हुन्छ । यसबाहेक जाहेरी दिने तरखरमा रहेका र उनले आफ्नौ भौगोलिक सम्बन्ध तथा नाता कुटुम्बबाट ठगी गरेको जोडदा करिब–करिब १५ करोड रुपैयाँभन्दा बढी हुन्छ । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!