एमआरपीलाई विस्थापित गर्ने ई-पासपोर्ट किन ? विभाग प्रवक्तासँग ५ प्रश्न

देशसञ्चार

लोकेन्द्र प्रसाई

नेपालले मंसिर पहिलो सातादेखि ई-पासपोर्ट लागू गर्ने तयारी गरिरहेको छ। पहिलो चरणमा राहदानी विभागबाट मात्र जारी हुँदै छ। मार्चसम्म देशभरका ७७ वटै जिल्ला, १८ वटा इलाका प्रशासन, विभाग र ४० वटा कूटनीतिक नियोगबाट ई-पासपोर्ट लिन सकिने गरी तयारी भइरहेको विभागले जनाएको छ।

यही विषयमा विभागका प्रवक्ता शरदराज आरनसँग गरिएको कुराकानीको सम्पादित अंश:

१. के हो ई-पासपोर्ट? 

– ई-पासपोर्ट भनेको थर्ड जेनेरेसनको पासपोर्ट हो। पहिलो जेनेरेसन भनेको ‘ह्यान्ड रिटन’ अर्थात हस्तलिखित पासपोर्ट हो भने दोस्रो जेनेरेसन भनेको मेसिन रिडेबल पासपोर्ट- एमआरपी हो र थर्ड जेनेरेसन भनेको ई-पासपोर्ट हो र यही नै ‘लेटेस्ट’ पासपोर्ट हो। अहिलेसम्म आईकाओको स्टान्डर्डअनुसार यही नै लेटेस्ट हो र योभन्दा नयाँ अरु पासपोर्ट आएको छैन। किन ई-पासपोर्ट भन्ने प्रश्न आउन सक्छ। एक सय २० वटा देशले ई-पासपोर्ट अवलम्बन गरिरहेका छन्। कतिपय देशहरु ई-पासपोर्टमा जाने प्रकृयामा छन्। खासगरी विश्वब्यापीरुपमा नेपालीहरुको यात्रा बढ्दो तर यहाँको पासपोर्टमा जहिले पनि ‘कम्प्लेन’ र प्रश्न उठिराख्ने अवस्था रह्यो। नेपाली नागरिकले बोकेका पासपोर्टहरु आधिकारिकरुपमा जारी भएका हुन् कि होइनन् ? सम्बन्धित व्यक्तिको हो कि होइन जस्ता प्रश्नहरु उठ्ने अवस्था रह्यो। त्यसैले ह्यान्ड रिटन पासपोर्टलाई विस्थापित गर्न सन् २०१० देखि एमआरपीलाई प्रयोगमा ल्याइयो।  ह्यान्ड रिटन पासपोर्ट  सन् २०१५ पछि प्रयोगमै आउन छाड्यो।  तर एमआरपीमा पनि पुरानै प्रश्नहरु उठि नै रहे। सम्बन्धित व्यक्तिको हो कि होइन जस्ता प्रश्नहरु कायमै रहे।

२. यो पासपोर्ट, एमआरपीभन्दा कसरी फरक छ? 

प्रकाशित मिति: : 2021-11-11 21:50:00

प्रतिकृया दिनुहोस्