मेलम्ची खानेपानीमा केपी ओलीले निकृष्ट व्यवहार गरे : खानेपानीमन्त्री चौधरी, 'अब नयाँ वर्षमा खुवाउन मिल्छ कि!'

पहिलोपोष्ट

काठमाडाैँ

बहुप्रतिक्षीत मेलम्ची खानेपानी विभिन्न कारणले चर्चामा छ। केपी ओली सरकारको समयमा कहिले परीक्षणबिनै पानी ल्याएर त कहिले गेट फुस्किएर चर्चामा रह्यो मेलम्ची। अघिल्लो असारको ३० गते पानी परीक्षणको क्रममा गेट फुस्किँदा दुई जनाको मृत्यु भएको थियो

दुर्घटनापछि पानी आउँछ कि आउँदैन? यसबारे अनेकन चर्चा भयो। तर, धरापमा परेको सरकारको नेतृत्व गरिरहेको ओलीले १० फागुन २०७७ मा मेलम्चीको सुरुङमा पानी हाले। १२ दिनपछि फागनु २२ गते सुन्दरीजलमा मेलम्चीको पानी आइपुग्यो

काठमाडौं रमायो। त्यसको एक महिनापछि चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरिन्

त्यसपछि त काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी पिउन थालियो। ओलीले आफ्नो सरकारको सफलताको सूचीमा मेलम्चीको पानीलाई पनि राख्यो। मेलम्चीको जस लिने होड नै चल्यो। टोल-टोलमा ब्यानर टाँगिए। तर धेरै ठाउँमा पुरानो वितरण प्रणालीले चाप नधान्दा पाइप फुटेर पानी खेर जानुका साथै सडक बिग्रिने समस्या बढ्यो

प्रकाशित मिति: : 2021-11-11 11:50:00

प्रतिकृया दिनुहोस्