जलवायु परिवर्तनको मूल कारण पुँजीवाद

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी)को आउँदो प्रतिवेदनको तेस्रो दस्तावेज चुहिएको छ। यो दस्तावेजले पृथ्वीलाई जलवायु परिवर्तनको प्रतिकूलताबाट जोगाउन हालको पुँजीवादी मोडेलको अर्थतन्त्रको विकल्प खोज्नैपर्ने आवश्यकता औँल्याएको छ। यो खुलासाले ७ अगस्टमा एक स्पेनी अनलाइनको आलेखमा उल्लिखित ‘बढीमा चार वर्षभित्र हरितग्यास उत्सर्जन चरम बिन्दुमा पुग्नेछ’ भन्ने दाबीलाई पनि पुष्टि गरेको छ । यो दस्तावेजले विश्वमा थप आर्थिक वृद्धि हुने सम्भावना कम रहेको दाबीलाई पनि स्वीकार गरेको छ।

साइन्टिस्ट रेबिलियन एन्ड एक्स्टिङ्सन रेबिलियन स्पेनले खुलासा गरेको आइपिसिसीको छैटौँ प्रतिवेदनको तेस्रो दस्तावेजलाई यो आलेखका लेखकहरू (जो वैज्ञानिक र पत्रकार हुन्)ले विश्लेषण गरेका छन्। यो खुलासाले प्रभावकारी एवं न्यायपूर्ण परिवर्तनको पहलसम्बन्धी वैज्ञानिक समुदायका बुझाइ र यसको वास्तविक कार्यान्वयनबाट प्राप्त न्यूनतम उपलब्धिबीचको विशाल भिन्नतालाई सतहमा ल्याइदिएको छ। सौभाग्यवश! केही समयअगाडि जुन माग गर्न हिच्किचाउनुपथ्र्याे वा अकल्पनीय हुन्थ्यो, ती माग अहिले सतहमा आउन थालेका छन्।

विश्लेषणमा प्रवेश गर्नुअघि सन् १९९० मा आएको आइपिसिसीको पहिलो प्रतिवेदनतर्फ फर्काैं । सो प्रतिवेदनले मोटामोटी रूपमा बढ्दो वैश्विक तापमानका लागि प्राकृतिक परिवर्तनशीलतालाई जिम्मेवार ठहर्‍याएको थियो। लगत्तैको प्रतिवेदनले त्यसलाई अस्वीकार गरेको थियो। यद्यपि, छैटौँ प्रतिवेदनको पहिलो औपचारिक दस्तावेज नआउन्जेलसम्म विश्व तापमान वृद्धिका लागि मानव जगत् नै जिम्मेवार रहेको ठहरिने तथ्य पूर्ण रूपमा पुष्टि भएको थिएन। छैटौँ प्रतिवेदनको पहिलो औपचारिक दस्तावेजले जीवाश्म इन्धनमा छुट हुनुपर्छ भनेर लबी गर्ने तथा जलवायु परिवर्तनलाई अस्वीकार गर्नेहरूलाई प्रतिवाद गर्ने ठाउँ नै बाँकी राखेन। 

प्रकाशित मिति: : 2021-11-11 10:01:00

प्रतिकृया दिनुहोस्