तीव्र दबाबमा प्रधानन्यायाधीश, न्यायाधीश र बार: यी हुन् निकासका सम्भावित विकल्प !

'सर्वोच्च विवाद'मा तीनै पक्षमाथि दबाब

लोकान्तर

अजय अनुरागी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले भद्र अवज्ञा शुरू गरेको २ साता नाघिसकेको छ।

कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन्। एक जना बिदामा रहेको अवस्थामा बाँकी १८ जना न्यायाधीश नै प्रधानन्यायाधीशसँग असन्तुष्ट कित्तामा छन्।

न्यायाधीशहरू भद्र अवज्ञामा उत्रिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि राजीनामाका लागि तीव्र दबाब छ।

पूर्व न्यायाधीशहरू र नेपाल बार एसोसिएसनले समेतले प्रधानन्यायाधीश जबराको राजीनामा मागिसकेका छन्।

बारले त विरोधका कार्यक्रमहरू समेत गर्दै आएको छ।

दबाबमा जबरा, राजीनामा नदिने अडान

प्रकाशित मिति: : 2021-11-10 17:03:00

प्रतिकृया दिनुहोस्