सर्वोच्च विवादमा किन पन्छिँदै छन् शीर्ष नेता ?

नयाँ पत्रिका दैनिक

किरण दहाल/शिल्पा कर्ण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराप्रति प्रमुख दलका शीर्ष नेताहरूले न सद्भाव देखाएका छन्, न विश्वास नै गर्न सकेका छन्, स्वार्थ जोडिएका केही मुद्दाहरू सर्वोच्चमा विचाराधीन छन्, त्यसैले उनीहरू सकभर यो विवाद न्यायालयबाटै हल होस् भनेर पन्छिरहेका छन्

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शैली र प्रवृत्तिका कारण समग्र न्याय क्षेत्र प्रभावित बन्दा पनि प्रमुख दलहरू राष्ट्रिय महत्वको मुद्दाबाट पन्छिन खोजिरहेका छन् । युवा नेताहरूले जबराको बहिर्गमनका लागि बोल्न दबाब दिए पनि शीर्ष नेता भने विवादसँग दूरी बनाउने रणनीतिमा छन् । 

प्रधानन्यायाधीश जबराप्रति शीर्ष नेताहरूले न सद्भाव देखाएका छन्, न विश्वास नै गर्न सकेका छन् । स्वार्थ जोडिएका केही मुद्दा सर्वोच्चमा विचाराधीन छन्, त्यसैले उनीहरू सकभर यो विवाद न्यायालयबाटै हल होस् भनेर पन्छिरहेका छन् । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकार र शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारको प्रधानन्यायाधीश जबरासँग स्वार्थ गाँसिएकाले गम्भीर विषयमा मौनता साँधिरहेको बताएका छन् । 

प्रकाशित मिति: : 2021-11-10 10:27:00

प्रतिकृया दिनुहोस्