नेताहरूको चुनावी स्टन्ट : चुनावको मिति तय नहुँदै विपक्षीलाई खुइल्याउने प्रतिस्पर्धा !

लोकान्तर

काठमाडौँ

प्रतिनिधि सभाले आफ्नो कार्यकाल पूरा गर्ने हो भने यसको चुनाव आउन अझै एक वर्ष बाँकी छ। नेपालको संविधानअनुसार, संघीय र प्रादेशिक संसदको कार्यकाल पाँच वर्षको हुन्छ। त्यसअनुसार, २०७८ को मंसिर १० सम्म संसद्को कार्यकाल छ।

२०७४ मंसिर १० र २१ मा गरेर दुई चरणमा प्रदेश र संघीय संसदको निर्वाचन भएको थियो। यसको अर्थ प्रदेश र संघीय संसदको चुनाव आउन अझै पूरापूर एक वर्षभन्दा बढी समय बाँकी छ।

स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो। पहिलो चरणको निर्वाचन २०७४ बैशाख ३१ मा भएको थियो। संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ।

संविधानको यो व्यवस्था अनुसार, पहिलो चरणमा भएको निर्वाचनलाई आधार मान्दा अझै ६ महिना बाँकी छ। संविधानमा गरिएको व्यवस्थाअनुसार कार्यकाल सकिएको छ महिना अर्थात् २०७८ कात्तिक महिनाभित्र स्थानीय तहको निर्वाचन गर्दा हुन्छ। यसो भयो भने स्थानीय तहको चुनाव आउन अझै एक वर्ष लाग्न सक्छ।

 

 

प्रकाशित मिति: : 2021-11-08 12:09:00

प्रतिकृया दिनुहोस्