
अन्नपूर्ण पोष्ट
नेपालमा तिहार वा भाइटीकाजस्तै अनेक पर्व प्रचलित छन्। सामाचखेवा, जितिया, राखी र चासोक तङनाम आदि पर्वहरू चेलीमाइतीका बीचको आदर र आदर्श सम्बन्ध स्थापित गर्ने युगान्तकारी पर्वहरू हुन्। कतिपय चाडपर्वका सर्वप्राचीन सही मान्यता अझै उजागर गर्न सकिएको छैन। तिहारसित मिल्दाजुल्दा नेपालका विभिन्न पर्वको विशद् अध्ययन गरेर प्रकाशन गर्नुपर्छ।
प्रायः वैदिक सनातनी वा हिन्दू सम्प्रदायका भनिएका चाडपर्वहरूलाई समयक्रममा बिटुलो बनाइएको देखिन्छ। यी चाडहरूमा सामन्तवादी संस्कृतिको सार पक्ष कलात्मक हस्तक्षेपका साथ प्रवेश गराएको देखिन्छ। यसको प्रत्यक्ष उदाहरण सार्वजनीन, सार्वकालिक र सर्वजन सरोकार तथा उत्साहका चाडहरूलाई सामन्तवादले संकुचित तथा संकीर्ण बनायो। तिनलाई एक जात, जाति, धर्म, र समुदायमा सीमित गरिदियो। त्यसैले सबै नेपाली सबै खुसी हुने र आनन्दित हुने दसैं र तिहारजस्ता पर्वहरूलाई हिन्दूकरण गरिएको स्पष्ट देखिन्छ। एउटै चाडपर्व पनि बहुधामिक, बहुसांस्कृतिक तथा बहुभूगोलका जनताले बहुप्रकारले मनाएको विशेष स्थिति नेपालमा पाइन्छ।
श्रम संघर्षहरू भौतिक तथा आत्मिक संस्कृति निर्माणका मूल आधार हुन्। त्यसैले शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्न विभिन्न चाडपर्वहरू प्रारम्भ भएको पाइन्छ र नेवार समुदायले मनाउने म्हः पूजा अर्थात् शरीरको पूजा, उभौली उधौली, हलसारो र हलेरो, भूमे पूजा पर्व वा चाड जात्री पर्र्वहरू शारीरिक तथा मानसिक पुनर्ताजगी प्राप्त गर्न सुरु गरिएको स्पष्ट हुन्छ। चाडपर्वहरूमा ऋतु परिवर्तनको प्रभाव पनि परेको देखिन्छ। देश, काल, स्थान र धार्मिक सांस्कृतिक भिन्नताले गर्दा एउटै चाडका सार पक्षमा समानता भए पनि रूपहरूमा भिन्नता देखिन्छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया