नेपाली समाज नोटको जतन गर्दैन

अनलाइनखबर

काठमाडौं

आज धेरै नेपालीको घरमा लक्ष्मीपूजा हुँदैछ । धनधान्यले सम्पन्न हुन लक्ष्मीमाताको आराधना हुँदैछ । तर धन सम्पत्तिका लागि यसरी आराधना गर्ने नेपाली समाजमा त्यही सम्पत्तिको मानक नेपाली नोटको जतन गर्ने संस्कार भने फिटिक्कै छैन ।

खासगरी हरेक वर्ष दशैंका बेलामा नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउँछ । यो वर्ष पनि साना दरका १३ अर्ब रुपैयाँ र ठूला दरका ४६ अर्ब रुपैयाँका गरेर करीब ६० अर्ब रुपैयाँ हाराहारीका नयाँ नोट बजारमा पठाएको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीरमण नेपाल बताउँछन् ।

उनका भनाइमा अहिले बजारमा ७ खर्ब १० अर्ब रुपैयाँका नोट चलनचल्तीमा छन् । गत वर्ष चलनचल्तीमा रहेको नोट ५ खर्ब ६३ अर्ब रुपैयाँ थियो । बजारमा हरेक वर्ष नयाँ नोट थपिन्छन् । अनि छोटो समयमै काम नलाग्ने बनेर ठूलो परिमाणका नोटहरू फेरि राष्ट्र बैंक पुग्छन् ।

केन्द्रीय बैंकको पछिल्लो केही वर्षको तथ्यांक हेर्ने हो भने हरेक वर्ष ४० देखि ५० अर्ब हाराहारी झुत्रा नोटहरू जलाएर खरानी बनाइन्छ । कार्यकारी निर्देशक नेपालका अनुसार, हालसम्म ५ खर्ब ६० अर्ब रुपैयाँ बराबरका नोट केन्द्रीय बैंकले जलाएर खरानी बनाएको छ ।

प्रकाशित मिति: : 2021-11-04 19:30:00

प्रतिकृया दिनुहोस्