माटोका भाँडा बनाउने एउटा गाउँ

काठमाडौं, कात्तिक १८ : काठमाडौं बबरमहलकी कृतिका तन्डुकार बुधबार एक भाँडा पसलमा माटोको दियो किन्दै थिइन्। लक्ष्मीपूजामा माटोकै दियोमा तोरीको तेल राखेर बाल्ने उनको तयारी छ। त्यसो त घर सजाउन उनले बिजुली पसलबाट बत्तीहरू पनि किनेकी छन्। सहरमा आधुनिक प्रविधि भित्रिए पनि परम्परागत सामानको महत्त्व नघटेको उनी बताउँछिन्।

माटोको भाँडा बनाउने क्षेत्र

भक्तपुरको पाँचतले मन्दिरबाट सूर्यविनायक जानेतर्फ तीन सय मिटर पर ‘पोटरी स्क्वायर’ छ। जसलाई भोलाछेँ पनि भन्ने गरिन्छ। विशेषतः माटोका भाँडा बनाउने प्रजापति (नेवारको एक थर)को टोलका रूपमा स्थापित यस ठाउँमा माटोका विभिन्न आकृतिका भाँडा लगायत सामान देख्न लस्करै पाइन्छ। 

सोमबार दिउँसोको करिब ३ बजेतिर यहाँ कोही माटो मुछ्ने, कोही बनेका भाँडा सुकाउने त कोही माटोलाई विभिन्न आकारमा ढाल्न व्यस्त थिए। यसै मेसोमा एउटा चारतले पुरानो घरको भुइँतलामा माटोलाई दियोको रूपमा ढाल्न व्यस्त थिए, मोहन प्रजापति। 


६० वर्षदेखि असन बजारमा पाला बेचेर जीवन उज्यालाे बनाइरहेकी सुन्दरी

माटोको भाँडा मानिसको सभ्यतासँग जोडिएको छ। तर, यतिखेर आधुनिक भाँडावर्तन र प्रविधिले गर्दा माटोका भाँडा लगायत सामानको प्रयोग घटेको छ। तर, भक्तपुरको यो टोलमा पुग्दा भने माटोका भाँडाको प्रयोग घटेको जस्तो लाग्दैन। नेवार समुदाय अन्तर्गतको एक विशेष जाति ‘प्रजापति’ले यहाँ पुख्र्यौली पेसा अपनाउँदै आएको छ। ४५ वर्षीय मोहनप्रसाद प्रजापति आफ्ना बुवाले गरिरहेको यो कामलाई निरन्तरता दिएको बताउँछन्। जबकि उनका चार दाजुभाइमध्ये अरु तीनभाइ अन्य पेसामा लागेका छन्। 


युवा जाेशले बाँझो जमिनमा फक्रिएका फूलहरू

मोहनप्रसाद भने नौ वर्षको उमेरदेखि माटोसँग खेलेका हुन्। सुरुमा उनले बुवालाई सघाए। पछि क्रमशः उनी यसमै रमाए। उनका औँलाले माटाका भाँडा तथा सामान कति बनाए, कुनै लेखाजोखा छैन। बाट विभिन्न आकृतिका भाँडाहरू बनाउन सिकेका थिए। 

प्रकाशित मिति: : 2021-11-04 19:19:00

प्रतिकृया दिनुहोस्