स्थानीय सरकारमा दलित प्रतिनिधित्व : ‘दलितका लागि आवाज उठाउँदा एक्लै भइन्छ’

काठमाडौंप्रेस

सरिशा अछामी

मुसिकोट नगरपालिकाकी उपमेयर हुन्, ४४ वर्षीया प्रेमकुमारी सुनार। उपमेयर बनेपछि दलित लगायत सम्पूर्ण समुदायलार्ई विकास र समृद्धितर्फ अगाडि बढाउने उनको सपना थियो तर विभिन्न बाधा अवरोधका कारण काम गर्न नपाएको उनी बताउँछिन्।

समाजमा विशेषतः अधिकांश दलितहरु घर–जग्गाविहीन छन्। उनीहरूलाई सचेतनाभन्दा पनि पहिला स्थायी बसोबास आवश्यक छ। सबै गरिबलाई घरजग्गा दिने नगरपालिकासँग बजेट हुँदैन। त्यसैले उनीहरूलाई सार्वजनिक स्थानमा अस्थायी बसोबासको व्यवस्था गर्ने योजना बनाइन् प्रेमकुमारीले, तर पूरा हुन सकेन। गत सोमबार समता फाउन्डेसनले सञ्चालन गरेको ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ कार्यक्रममा उपस्थित उनले भनिन्, ‘दलितका लागि आवाज उठाउने व्यक्ति भए पनि सोही योजनालाई अगाडि बढाउनुपर्छ भन्ने बहुमत हुँदैन। त्यसैले योजना त बनाउँछौं, तर कार्यान्वयन गर्न असफल हुन्छौं।’

प्रकाशित मिति: : 2021-11-01 18:38:00

प्रतिकृया दिनुहोस्