न्यायपालिका ध्वंसमा चोलेन्द्रको हात

सेतोपाटी

गौरीबहादुर कार्की
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की। फाइल तस्बिर।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की। फाइल तस्बिर।

न्यायपालिका प्रवेश नै अप्राकृतिक

अहिलेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको न्यायपालिकामा जन्म नै अप्राकृतिक तवरबाट भएको थियो। त्यतिबेला प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीश सुरेन्द्रप्रसाद सिंहको उमेरको विवाद आयो।

चोलेन्द्रशमशेरले नै मुद्दा हाल्न लगाए। मुद्दा परेपछि कुरा मिलेपछिमात्र न्यायाधीश पृथ्वीबहादुर सिंहको इजलासमा पेसी तोकियो। उमेर ६५ वर्ष पुगेको रहेनछ, अहिले कागजपत्र हेरेपछि प्रष्ट भयो भनी मुद्दा फिर्ता पाउँ भनी यिनले बहस गरे, मुद्दा फिर्ता भयो।

आफ्नो पक्षको मागदाबी नै गलत रहेछ भनी वकिलको आचरणविपरीत उल्टो बहस गरे। सुरेन्द्रप्रसाद सिंह प्रधानन्यायाधीश नभएमा त्रिलोकप्रताप राणाको पालो आउने थियो। प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले सुरेन्द्र बाबुलाई मन पराउने हुनाले चोलेन्द्रलाई पुनरावेदनमा न्यायाधीश नियुक्त गर्ने गरी ०५२ साउन १५ मा मुद्दा खारेज भयो। मुद्दा फिर्ताको बहस गरेबापत् चोलेन्द्र पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा २०५२ चैत ३० मा नियुक्त भए।

प्रकाशित मिति: : 2021-11-01 12:05:00

प्रतिकृया दिनुहोस्