बिएल संवाददाता
उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेश्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएकाे छ।
लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा सञ्चालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोग तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा यस्तो समस्या भेटिएको हो।
महिलाको पाठेघरमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले अयाोजित शिविरमा गाउँपालिकाका पाँच वटै वडामा सञ्चालन गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए। महिलाको बच्चादानीको सुरक्षा गर्न गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर गरी २ सय ४५ महिलाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष राईले बताए।
स्कृनिङ गरिएको मध्ये तेस्राेलिंगिसहित ४१ मा जटिल किसिमको समस्या भेटिएको अध्यक्ष राईले बताए।
शिविरमा पत्ता लागेका जटिल खालका बिरामी महिलालाई पहिलो चरणको उपचार स्वरुप ‘रिङ प्रेसरी’ लगाउने काम गरिएको छ। क्यान्सर लाग्न लागेको पत्ता लागेका बिरामीको शल्यक्रिया गर्न अस्पतालमा पठाउने उपाध्यक्ष राईले बताइन्।
पाठेघरमा क्यान्सरजस्तो रोग लागेमा उपचार नहुने भएकाले बेलैमा परीक्षण गर्न शिविरको आयोजना गरिएको थियो।
जिल्ला अस्पताल उदयपुरको प्राविधिक सहयोगमा उदयपुर जिल्ला अस्पतालकी प्रसुति प्रमुख छबित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा उपचार गरिएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया