फोक्सुण्डो तालमा खसेकी युवती बेपत्ता

File Photo
File Photo

डोल्पाको फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगार्ड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन्।

फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्काबाट बिहान १० सुलिगार्ड खोलामा ठुलिभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षिया युवती सलिना बुढा बेपत्ता भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको र प्रहरी, सेनालगायत आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-27 13:00:00

प्रतिकृया दिनुहोस्