जसले ज्यानको माया मारेर जोगाए कुतियाकबर

नेपाल खबर

काठमाडौँ

गत आइतबार बेलुका खड्के बुढाको मोबाइलमा म्यासेज बज्यो। त्यो म्यासेजमा जलमापन केन्द्र डडेल्धुरा परिगाउँको थियो। म्यासेजमा महाकाली नदीले खतराको संकेत पार गरेको सूचना थियो।

५२ वर्षीय बुढा कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकबर बस्तीमा बस्छन्। भारतसँग जोडिएको यो बस्तीलाई महाकाली नदी र जोगबुढा नदीले घेरेको छ।

चारैतिरबाट नदीले घेरिएको टापुमा ३८ परिवारको बसोबास छ। आइतबार बेलुकीदेखि नै झमझम पानी पर्न थालिसकेको थियो। त्यसले गर्दा कुतियाकरबासी बाढी गाउँ पस्ने चिन्तामा थिए।

परिगाउँमा महाकाली नदीले खतराको तह पार गरेको सूचनाले उनीहरुलाई झनै तनाव थप्यो। र, बाढीको पूर्व तयारीमा पनि जुटे।

प्रकाशित मिति: : 2021-10-25 12:52:00

प्रतिकृया दिनुहोस्