मालिकाकाे 'शीर'बाट चार जिल्लाकाे दर्शन [फाेटाे फिचर]

जुम्लास्थित मालिकाबाट जुम्ला जिल्ला मात्रै होइन अन्य छिमेकी जिल्ला र आँखाले भ्याउन नसकिने गरी गगनचुली हिमाल देख्न सहिन्छ। 

जिल्लाकाे सबैभन्दा उचाे भागमा रहेकाे मालिका भगवतीको यो पवित्र भूमिको बेग्लै महत्व छ।
यता हेर्‍यो सदरमुकाम टल्किन्छ, उता हेर्‍यो हिमालै हिमाल तल हेर्‍यो हिमा र तिला नदि सुस्केरा हाल्दै बगेको देखिन्छ। 

चिमारा मालिका जुम्लाको गुठिचौर गाँउपालिकामा पर्छ। मानव बस्तीबाट धेरै माथि, लेकैलेक हिँडेपछि मालिका भगवतीको मन्दिर भेटिन्छ।

ढुङ्गै–ढुङ्गाद्धारा निर्मित भगवती मन्दिरबाहेक यो क्षेत्रमा अन्य कुनै संरचनाहरू छैनन्।
भदौ चतुर्दशिका दिन जुम्लाबासीहरु यहाँ भेला भएर मालिका भगवतीको पूजाआज गर्छन।

परम्पराकालदेखि खल्लाबाडाका न्यौपाने परिवारले भगवतीको विशेष पूजा गर्ने गर्छन्। चतुर्दशिका दिनमा भगवतीको लिङ्गा खडा गरिन्छ। रातभरी पूजा गरी बिहान झिसमिसेमा नयाँ लिङ्ग राखेर पूजा सम्पन्न गरिन्छ।
यहाँबाट जुम्ला जिल्ला मात्र नभएर छिमेकी जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ। जिल्ला सदरमुकाम खलङ्गाबाट यहाँ पुग्न ७ घण्टा बढी लाग्ने गर्छ।

जिल्लाको सबैभन्दा उच्च भाग भएका कारण यहाँ नेपाल टेलिकम र केही इन्टरनेट प्रदायक संस्थाका टावरहरु छन्।


मालिका पुग्दा स्वर्गको अनुभूति [भिडियो रिपोर्ट]

 

प्रकाशित मिति: : 2021-10-23 15:52:00

प्रतिकृया दिनुहोस्