मदन नेपाली
यो थुम्को (मालिका)बाट जुम्ला जिल्ला मात्रै हाेइन जिमेकी जिल्ला र आँखाले भ्याउन नसकिनेगरी गगनचुली हिमाल देख्न सहिन्छ। जुम्लाको सबैभन्दा उचाईंमा रहेको मालिकका भगवतीको यो पवित्र भूमिको बेग्लै महत्व छ।
यता हेर्याे सदरमुकाम टल्किन्छ, उता हेर्याे हिमालै हिमाल तल हेर्याे हिमा र तिला नदि सुस्केरा हाल्दै बगेको देखिन्छ। यो दृष्यले जुम्लाको मुहारनै फेरेको भान हुन्छ।
चिमारा मालिका जुम्लाको गुठिचौर गाँउपालिकामा पर्छ। मानव बस्तीबाट धेरै माथि, लेकैलेक हिँडेपछि मालिका भगवतीको मन्दिर भेटिन्छ।
ढुङ्गै–ढुङ्गाद्धारा निर्मित भगवती मन्दिरबाहेक यो क्षेत्रमा अन्य कुनै संरचनाहरू छैनन्। भदौ चतुर्दशिका दिन जुम्लाबासीहरु यहाँ भेला भएर मालिका भगवतीको पूजाआज गर्छन।
परम्पराकालदेखि खल्लाबाडाका न्यौपाने परिवारले भगवतीको विशेष पूजा गर्ने गर्छन्। चतुर्दशिका दिनमा भगवतीको लिङ्गा खडा गरिन्छ। रातभरी पूजा गरी बिहान झिसमिसेमा नयाँ लिङ्ग राखेर पूजा सम्पन्न गरिन्छ।
यो पूजामा जुम्लाका अधिकांश मानिसहरु जाने गर्छन्। धार्मिक र पर्यटकीय महत्व बोकेको एतिहासिक क्षेत्र जुन तिला र जुवा नदीको बीचमा चुलिएको छ।
जहाँ बाट जुम्ला जिल्ला मात्र नभएर छिमेकी जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ। जिल्ला सदरमुकाम खलङ्गाबाट यहाँ पुग्न ७ घण्टा बढी लाग्ने गर्छ।
जिल्लाको सबैभन्दा उच्च भाग भएका कारण यहाँ नेपाल टेलिकम र केही इन्टरनेट प्रदायक संस्थाका टावरहरु छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया