बसन्त सुवेदी अर्थात् ‘सर्पको साथी’

अनलाइनखबर

काठमाडौँ

झण्डै पाँच वर्षअघिको कुरा हो, विश्वकप फुटबल चलिरहेको थियो। घोराही बजारमा ठूलो पर्दामा देखाइएको फुटबल हेरेर उनी घर फर्किंदै गर्दा सडकमा सर्प देखियो। त्यो सर्प च्याप्प समातेर घर गए। एउटा डब्बामा राखेर बिर्को लगाइदिए अनि आफू निर्धक्कले सुते।

एक दिन उनको छिमेकीको एक घरमा सर्प पस्यो। मानिसहरु ठूलाठूला लठ्ठी लिएर सर्प मार्न तम्सिए। उनले भने सर्पलाई मार्ने होइन, जिउँदै समात्ने कुरा गरे। अरुले मुख्र्याइँ नगर्न भने। तर उनले सर्प समातेरै छाडे । गाउँभन्दा अलि पर झाडीमा लगेर छाडिदिए।

त्यतिबेलादेखि अहिलेसम्म उनले घरभित्र पसेका साना–ठूला सयौं सर्प जिउँदै समातेर सुरक्षित स्थानमा लगेर छाडेका छन्। र, अहिले उनी दाङ जिल्लामा ‘सर्प समात्ने केटो’ रुपमा परिचित छन्।

उनी अर्थात् बसन्त सुवेदी (२१)। सर्पलाई बट्टाभित्र थुनेको त्यही दिनदेखि उनले सर्पबारे स्वअध्ययन शुरु गरे। सर्पबारे लेखिएका लेखहरु पढे। विषालु र अविषालु सर्प चिने। पर्यावरण सन्तुलनमा सर्पको योगदानबारे थाहा पाए । सर्पलाई मार्नु हुँदैन बरु संरक्षण गर्नुपर्छ भन्ने कुरा बुझे।

प्रकाशित मिति: : 2021-10-21 10:48:00

प्रतिकृया दिनुहोस्