काठमाडौंमा जन्मेका भुटानी राजाले थिम्पुमा यसरी मनाए नेपालीसँगै दसैं

नेपाल खबर

सीताराम बराल
आफुले सेतो चामलको टीका लगाएका भुटानका राजा जिग्मेकेशरले गेलेफु पुगेर नेपाली समुदायलाई टीका लगाइदिए

भुटानका राजा जिग्मेकेशर नाम्गेल वाङ्चुक बौद्ध धर्मावलम्बी हुन्। तर यसपालि उनले सेतो चामलको टीका लगाएर त्यहाँका नेपालीसँग हिन्दू धर्मावलम्बीको मानिने दसैं मनाएका छन्। विजया दशमी (२९ असोज) का दिन भुटानको दक्षिणी भाग गेलेफु पुगेर उनले नेपाली समुदायलाई टीकासमेत लगाइदिएका हुन्।  

राजा जिग्मेले नेपाली समुदायको बाहुल्य रहेको गेलेफुस्थित शिवालय मन्दिरमा भेला भएका हिन्दू समुदायलाई दसैंको टीका लगाइदिएका हुन्। उनको फेसबुकमा राखिएका तस्बिरमा उनले सेतो चामलको टीका लगाएको र मन्दिरमा पूजा गरिरहेको देख्न सकिन्छ। ​​

प्रकाशित मिति: : 2021-10-18 16:38:00

प्रतिकृया दिनुहोस्