राजा ‘डुबे’, नेताहरू ‘डुब्दैछन्’

नेपाल खबर

सन्जय घिमिरे

केही साताअघि म बसेकै अमेरिकी शहर डयालसमा नेपालका फरक क्षेत्रका दुई चर्चित व्यक्तिहरू आए। पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल र डा. गोविन्द केसी। 

दुबैले नेपालमा सुशासनको अभावको कुरा गरे। पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालसँग प्रत्यक्ष गफिने अवसर मिल्यो, एक अपरान्ह। झण्डै डेढ घण्टाको गफमा उनले कतिपय सन्दर्भमा राजा महेन्द्रको नाम लिए– महेन्द्र यस्ता थिए, उस्ता थिए। 

कटुवाल भनिरहेका थिए– राजा महेन्द्र जो, आफ्ना आलोचकहरूलाई समेत आफ्नै वरिपरि राखिरहन्थे। दरबारका पारिवारिक जमघटहरूमा समेत उनले राजेश्वर देवकोटा वा कीर्तिनिधि विष्टलाई एउटा कुनामा बस्न लगाउँथे। अरूहरू ह्विस्की पिइरहेका हुन्थे। देवकोटा भने कुनामा चुपचाप बसेर घोत्लिइरहेका हुन्थे, चिया लिएर। जब जमघट सकिन्थ्यो, अनि महेन्द्र देवकोटालाई सोध्थे– ल भन, तिमीलाई के भन्नु छ?

प्रकाशित मिति: : 2021-10-17 14:25:00

प्रतिकृया दिनुहोस्