जसले देउवासहित नेपालका कैयन भीआईपीको कपाल काटे

लोकान्तर

सुशील पन्त

ललितपुरको कुपण्डोल–पुल्चोक सडकबाट बखुण्डोल मोडिने कर्नरमा एउटा सानो सटरमा सैलुन पसल छ, जहाँ सियाराम ठाकुरले तीन दशक बिताए। शुरूमा पुल्चोकको मूल सडकमा उनको सैलुन पसल थियो, तर भाडा तिर्न नसकेपछि उनी कर्नरको एउटा साघुरो सटरमा बसेर निरन्तर काम अगाडि बढाइरहेका छन्। अगाडि सडकमा भाडा तिर्न नसकेपछि घरभेटीले नै उनलाई सानो सटर बनाइदिए।

पञ्चायतको समयमा काठमाडौं आएर सैलुन पसल सञ्चालन गरेका सियारामले उनकै शब्दमा ‘तीन जुग’का मन्त्रीहरूको कपाल काटे। पञ्चायत, प्रजातन्त्र काल र गणतन्त्रको समयमा धेरै मन्त्रीको दारी कपाल सिंगार्ने काम उनले गरे। अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री रहेको समयमा २०४८ पछिका दिनमा उनले कपाल काटिदिन्थे। 

प्रकाशित मिति: : 2021-10-17 14:19:00

प्रतिकृया दिनुहोस्