चंगा चैट : हरायो माझा हाल्ने चलन

रंगीचंगी चंगा र लट्टाइका थान, नजिकै अर्को एक थान चंगा अर्डर गरिएको स्टेसनरी पसलमा पुग्‍ने तयारीमा थिए, एनसीए चंगा पसलका सुदन कपाली। सुदन र उनका दाजुभाइलाई दसैं नजिकिएसँगै भ्याइनभ्याइ छ, होलसेल र रिटेल पसलमा चंगा र लट्टाइ पुर्‍याउन।

डल्लुस्थित एनसीए चंगा पसलमा देखिएको व्यस्तताले दसैं आएको भान हुन्थ्यो। पसलमा चंगा किन्‍न आउनेको लर्को पनि बाक्लिँदै थियो। हतार-हतारमा उनले भने, ‘गत वर्ष लकडाउन भएकाले व्यापार चलेन, यसपालि केही आशावादी बनाएको छ।’

गत वर्षको दसैं कोरोना संक्रमणको उत्कर्षका बेला बितेको थियो। सोही कारण पाहुनाको आउजाउ, टीका र आशिर्वाद अनि भीडभाड पातलै थियो, पोहोर। कोही कतै जान पाएनन्, घर-घरमै थुनिए। घरमै खुम्चिनुपरेको उकुसमुकुसलाई भने केही हदसम्म चंगाले विकल्प दियो।

प्रकाशित मिति: : 2021-10-12 20:51:00

प्रतिकृया दिनुहोस्