पुस्ता होइन, संस्कार परिवर्तन

पाको पुस्ताका नेताहरूबाट आश मरेपछि नेतृत्वमा युवा पुस्तालाई अवसर दिनुपर्ने आवाज उठिरहे पनि संस्कार परिवर्तन नभई केही हुँदैन।

हिमाल खबर

काठमाडौं

चाहे पनि नचाहे पनि हाम्रो जीवनमा राजनीतिको प्रत्यक्ष वा परोक्ष प्रभाव परिरहेको हुन्छ। स्यानिटरी प्याडमा लगाइने कर, सडकका खाल्डाहरू पुर्न लाग्ने समय, ढलभित्र खसेर एउटा अबोध बालकको ज्यान गएको घटनादेखि कोभिड-१९ विरुद्ध कुन मितिमा कुन खोप लगायौं भन्ने कुरा राजनीतिसँग जोडिएका छन्।

राजनीतिले हाम्रो जीवन निर्दिष्ट गरिरहेको हुन्छ। हामीलाई आफ्नै सङ्घर्षसँग जुधिरहेका छौं भन्ने लाग्छ, तर देशको राजनीतिक पद्धतिले रिँग्याइरहेको हुन्छ। तसर्थ, हामी सबैले राजनीतिमा चासो राख्नैपर्छ।

जुनसुकै आस्था वा विचार बोकेका भए पनि हामीले वडादेखि केन्द्रसम्म सही व्यक्ति छनोट गर्न सक्यौं भने मात्र राजनीतिको माध्यमबाट बाँकी सबै थोक ठीकठाक हुन्छ।

नेताहरूको स्वार्थ, अहं र खिचातानीका कारण हाम्रो देशको राजनीतिक वातावरण दिशाहीन, लथालिङ्ग र अस्थिर छ। राजनीति आफैं सप्रिने वा बिग्रिने विषय होइन।

नेतृत्वमा हुने व्यक्तिहरू राजनीतिको मूल मर्ममा इमानदार रहेर सेवाभाव प्रति कटिबद्ध हुन्छन् कि हुँदैनन् भन्ने कुराले फरक पार्छ। जुनसुकै आस्था वा विचार बोकेका भए पनि हामीले वडादेखि केन्द्रसम्म सही व्यक्ति छनोट गर्न सक्यौं भने मात्र राजनीतिको माध्यमबाट बाँकी सबै थोक ठीकठाक हुन्छ।
 

प्रकाशित मिति: : 2021-10-12 07:33:00

प्रतिकृया दिनुहोस्